प्रदेश २ मा ८६६ जनप्रतिनिधिले जसपा त्यागे, रोजे लोसपा


जनकपुरधाम : प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् ।

सर्लाहीमा १ सय ३७, रौतहटमा ८८, बारामा १ सय ३८ पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषामा १०९ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन् । यद्यपि कुन ओहोदाका कति जनप्रतिनिधिले लोसपामा सनाखत गरेको भन्न नमिल्ने प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले बताइन् ।

भोलिसम्म प्रदेशभरका तथ्यांक निर्वाचन आयोगको कार्यालयमा बुझाउने उनले जानकारी दिइन् । प्रतिनिधिसभाका १५, प्रदेश २ को प्रदेशसभाका १६, जसापा कार्याकारिणीका १७ सदस्यले लोसपामा सनाखत गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ