सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि


काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ