जनकपुर : मोटरसाइकलको ठक्करबाट गाईको मृत्यू, दुई जना पक्राउ


जनकपुरधाम : मोटरसाइकलको ठक्करबाट छाडा गाईको मृत्यू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडी मंगलबार राति नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएपछि गाईको घटनास्थलमै मृत्यू भएको हो । ठक्कर दिने मोटरसाइकल चालक र पछाडीमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका १२ रघुनाथपुरका १८ वर्षीय इस्तियाक राईन र दिपेश यादव रहेका छन् । उनी दुबै जनालाई प्रहरीले रेल्वे स्टेसन प्रहरी चोकीमा राखेको बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणमा ध्यान नदिँदा दुर्घटना भएको छ ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ