लोसपाका साँसदहरु संसदमा प्रतिपक्षको कुर्सीमा बस्‍ने


काठमाडौं : सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाएको छ ।

सचिवालयका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० सत्ता पक्षको कुर्सीमा बस्नेछ । जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० भने प्रतिपक्षको कुर्सीमा बस्नेछ ।

दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए । उनले भने, ‘एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं ।’

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्नेछ । आफूहरू सरकारमा सामेल नभएकोले प्रतिपक्षमा बस्‍दा फरक नपर्ने लोसपाका एक साँसदले बताए ।

सरकारलाई विश्‍वासको मत दिएको भए पनि सामेल नहुन्जेल प्रतिपक्षमा बसेका विगतमा नजिर पनि उनले उनको भनाई छ ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ