गाडी लाइसेन्सको फारम तत्काल नखुल्ने, यस्तो छ कारण


काठमाण्डौं : यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (लाइसेन्स)का लागि तत्काल फारम नखुलाउने भएको छ ।

यसअघि फारम भरेका झन्डै ६ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो ।

फारम भरेका झन्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । उनले भने, ‘दशैँसम्ममा दुईरतीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।’

फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झन्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमति पत्र पाउन बाँकी छ । विभागले अनुमति पत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन ।

अहिले विभागसँग झन्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताए । विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रूपमा रोजगारीमा जानेका लागि मात्रै अनुमति पत्र दिने गरेको छ ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ