उपचार गराउन महरालाई जनमत पार्टीको पहलमा ४१ हजार सहयोग


जनकपुरधाम । दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन बंचित एक व्यक्ति डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पहलमा सहयोग पाएका छन् ।

दुई महिना अगाडी मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरा आर्थिक सहयोग पाएका हुन् । उनलाई बुधबार जनमत पार्टीका युवा नेता धिरज मण्डल, दलित जनमत संघ धनुषाका उपाध्यक्ष राम दियाल मुखिया, पार्टीको विदेह नगरपालिका ४ का सल्लाहकार इब्राहिम प्रमाणी, स्थानीय छोटन महराले महराको घरमै पुगेर ४१ हजार रूपैया हस्तान्तरण गरेका छन् ।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ कतारले पीडित महरालाई सहयोग प्रदान गर्न  सो रकम पठाएको थियो । पीडित महराले सहयोग गर्न रकम पठाएको गैर आवासीय मधेशी संघलाई धन्यवाद समेत दिए ।

विपन्न परिवारमा जन्म भएका पिडित अजय महरालाई उपचार गराउन निकै समस्या भइरहेको खबर पाएपछि जनमत पार्टीका नेता कार्यकर्ताहरुले सहयोगका लागि पहल गरेका थिए । गैर आवासीय मधेशी संघ जनमत पार्टीको भातृ संगठन हो ।

संघले विपन्न परिवारहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर शम्भुनाथ साहले जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र २३, बुधबार २१:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ