न्यायाधीशको गाडी अंगरक्षकले अदालत परिसरमै सिक्न खोजे, ठक्कर दिदा महिलाको मृत्यु


मोरङ : न्यायाधीश चढ्ने गाडी अंग रक्षकले सिक्नलाई चलाउँदा ठक्कर दिएर अदालत परिसरमै एक महिलाको मृत्यु भएको छ ।

घटना मोरङ जिल्ला अदालतको हो । मंगलबार जिल्ला न्यायाधीश न्यायाधीश ईश्वर पराजुलीले चढ्ने बा१४च ६०१६ नम्बरको गाडी उनकै अंग रक्षक विन्दकुमार सिंहले निकालेर सिक्दै थिए । सो क्रममा अदालत परिसरमा क्यान्टिन संचालन गर्दै आएकी लक्ष्मी दाहालको मृत्यु भएको हो । ४० वर्षीय दाहाल धनकुटा महालक्ष्मी नगरपालिका-१ की स्थायी बासिनदा हुन् ।

मंगलबार बेलुकी ५ बजे ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मंगलबार न्यायाधीशका अंगरक्षक प्रहरी हवल्दार हवल्दार सिंहले चालक श्रवण चौधरीसँग गाडीको चाबी मागेर पार्किङबाट निकालेका थिए।

चालक चौधरी पनि भने अंग रक्षकको सिटमा बसिरहेको थिए । सोही क्रममा अनियन्त्रित भइ क्यान्टिन संचालन गर्ने दाहाललाई ठक्कर दिएको थियो । मोरङ प्रहरीका अनुसार चालक चौधरी र अंगरक्षक सिंह दुवैलाई पक्राउ गरेर थुनामा राखि अनुसन्धान बढाइएको छ ।

सिंहको लाइसेन्स नभएका कारण सवारी चालक र सवारी धनीमाथि सवारी ज्यान मुद्दामा कारबाहीको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २४, बिहीबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ