मौसम अपडेट : अब तीन दिनसम्म भारी वर्षा नहुने

काठमाडौं : आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने छ । केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक छ । अहिले बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समीरकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अब तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावनादेखिएको छैन ।

२०७८ भदौ २५ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (आईतबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !

ताजा अपडेट

ट्रेन्डिङ