कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

यादवले पार्टी केन्द्रीय कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशिल सदस्यतामा विवाद देखिएपछि महाधिवेशन कार्यतालिका अनुसार नहुने अवस्था सृजना भएकै कारण यादव निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिएको स्रोतले जनायो । बिहीवार नै राजीनामा बुझाएपनि स्वीकृत नभएको बताइएको छ ।

भदौ १८ मा कांग्रेसले देशका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भनेको थियो । तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन भयो । बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरू भएको छैन ।

जिल्लाका क्रियाशील सदस्यको नाम सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएका छैनन् । सभापति देउवाकै गृहजिल्ला डडेल्धुरा र उपसभापति बिमलेन्द्र निधिकै गृहजिल्ला धनुषामा पनि अहिलेसम्म वडा अधिवेशन भएको छैन ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ