धनुषा : मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


जनकपुरधाम : धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

धनुषा विदेह नगरपालिका ६ एकराहीमा बिहिबार राति ११:३० बजे मोटरसाइकलको ठक्करबाट सोही स्थानका पाल्टु महराकी ४० वर्षीया पत्नी दलितिया देवी महराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहिबार राति ज.७.प. ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर ८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ