अफताब आलमको मुद्दा पेशीमा चढ्यो


काठमाडौं : रौतहट ब’म विस्फो’टको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको मुद्दा पेशीमा चढेको छ ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो ।

ब’म विस्फो’टसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् ।

उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ