सरकारले शहिद परिवारलाई मासिक ३ हजार दिने


टुडेखोज, काठमाडौं : सरकारले शहिद परिवारलाई मासिक ३ हजार रुपैया दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै विभिन्न आन्दोलनमा शहिद भएकाको परिवारलाई जीवनवृत्ति बापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था गरेको बताए ।

यस्तै मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी खर्चवापत मासिक ५ हजार दिने घोषणा पनि गरिएको छ ।

यस्तै कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ