एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप


काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । हिजो बेलुकी युवा संघले गरेको प्रदर्शनका क्रममा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसिसी’लगायत नारा लगाएका थिए ।

माइतीघरबाट सुरु भएकाे प्रदर्शन नयाँ बानेश्वरमा पुगेर प्रहरीसँग झडप भएकाे हाे । – थाहा खबर

प्रकाशित : २०७८ भाद्र २६, शनिबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ