यि १८ वर्षे किशोरीले जितिन् युएस ओपनको उपाधि


काठमाडौं : बेलायती किशोरी इमा राडुकानुले यूएस ओपनको उपाधि जितेकी छन् ।

न्युयोर्कमा भएको महिला एकल फाइनलमा इमाले क्यानेडिय किशोर खेलाडी लेलाह फर्नान्डेजलाई दुई शुन्यको सोझो सेटमा हराइन् ।​ इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन् ।

४४ वर्ष अगाडी भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेपछि कुनैपनि बेलायती महिला खेलाडीले यो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् ।

हाल बेलायती नम्वर एक खेलाडी बनेकी इमाले फर्नान्डेजलाई ६-४ र र ६-३ को सोझो सेटमा हराइन् । मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट ६-४ चारले जितिन भने दोस्रो सेटमा ६-३ आफ्नो पक्षमा पारिन् ।

विम्बल्डनबाट ग्राण्डस्लाम खेल्न सुरु गरेकी इमाले करियरको दोस्रो ग्राण्डस्लाम खेल्दा पहिलो उपाधि जितिन् । यसका साथै उनी महिला टेनिसको इतिहासमा छनौट चरण पार गरेर ग्राण्डस्लामको उपाधि जित्ने पहिलो महिला खेलाडी बेनकी छिन् ।

यसका साथै यूएस ओपनको यो संस्करणको फाइनलमा दुबै खेलाडी बरियता विहिन पुगेका थिए । सन् १९९९ मा सेरेना विलियम्स र मार्टिना हंगिस पछि पहिलो पटक टिनेजर खेलाडीले फाइनल खेलेको पहिलो पटक हो ।

उनले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पाउने भएकी छिन्। त्यसमा उनले पुरस्कार रकम २५ लाख डलर पाइन्।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ