कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा


धनगढी : थारु समुदायको आटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुबै जिल्लामा सार्वजनिक बिदा दिएको हो । अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले नौ वटै जिल्लामा बिदा दिएको थियो । यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ ।

थारू समुदायमा आज अटवारी पर्वको रमझम छ । अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।

आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व मनाउने थारु समुदायमा चलन छ । यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने थारु समुदायको विश्वास छ ।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ