प्रदेश २ सरकारले खरिद गरेको बसहरु भाडामा लगाउने तयारी


जनकपुर : प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ ।

गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो ।सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को अस्थाई राजधानी जनकपुरदेखि प्रदेशका आठ वटै जिल्लामा सञ्चालन गर्ने गरी बस खरिद गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पटक पटक बस सञ्चालनको समय तोकेपनि हालसम्म सञ्चालनमा आउन सकेका छैन् ।

खुला आकाश मुनि राखिएको बसको रंङ खुईलिंदै गएको छ भने ब्याट्री, ईन्जिन, टायर लगायतका सामाग्रीहरु खराव हँुदै गएका छन् । यी बसको मर्मत गरी भाडामा दिन लागिएको हो ।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ