नेपालले अमेरिकालाई ५ विकेटले हरायो


काठमाण्डौ : आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।

बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय ३० रन बनायाे ।

अमेरिकाका लागि माेनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नाै चाैकाकाे मद्दतमा एक सय रन बनाएर आउट भए । बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर नेपाल छैटाैँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेल आज ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार ०६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ