मौसम अपडेट : देशका अधिकांश स्थानमा पानी पर्ने !


काठमाडौं : आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै‚ राति पनि देशभर मौसम बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ