धनुषामा डकैती : बारुद पड्किदा तीन जना घाईते


टुडेखोज, जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हरामा गएराति डकैती भएको छ । स्थानीय सिटहु यादवको घरमा डकैती भएको बताइएको छ ।

तर प्रहरीले भने डकैतीबारे केहि बोल्न मानेका छैन । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले खेतमा फेला परेको बारुद भरिएको पान परागको बट्टा पड्किदा तीन जनाको हातमा सामान्य चोट मात्र लागेको बताए । उनका अनुसार बारुदको बट्टा छोएपछि पड्केको थियो ।

स्थानीयका अनुसार लुटे’राहरुले भाग्नेक्रममा बम फालेका थिए । सोही बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् । प्रहरीले घटना विषयमा अनुसन्धान गरिररहेको जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ