इजरायल जान परीक्षा दिएकामध्ये २ हजार ३९ जना उत्तीर्ण, हेर्नुस् सूची


काठमाडौं : वैदेशिक रोजगार विभागले केही समयअघि इजरायल जान लिएको ‘केयर गिभर’को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

विभागका अनुसार लिखित परीक्षामा दुई हजार ३९ जनाले भाषा परीक्षा उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकामा १,३९५ जना महिला र ६४४ जना पुरुष छन् । लिखित परीक्षामा ६ हजार ३१७ परीक्षार्थी सहभागी थिए ।

उत्तीर्ण भएकाहरूको उचाइ र तौल तथा अन्तर्वार्ता असोज १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागकाअनुसार भैंसेपाटीस्थित व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा बिहान ८ देखि दिउँसो २ बजेसम्म अन्तर्वार्ताको समय तोकिएको छ ।

अन्तर्वार्ताबाट पास भएका कामदारले इजरायल पुगेर प्रतिमहिना करिब १६ सय अमेरिकी डलर पारिश्रमिकमा काम गर्नेछन् । तल सूची हेर्नुहोस् :

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ