बाल दिवस : जानकी मन्दिरमा दीप प्रज्वलन गरियो


बाल दिवसमा जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन

जनकपुरधाम : ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन गरिएको छ ।

‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।

कार्यक्रममा मन्त्री सिंहले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित नभएसम्म समाज र देशले विकास गर्न नसक्ने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवप्रसाद विमलीसहित विभिन्न गैरसरकारी संस्थाका पदाधिकारीको पनि उपस्थिति थियो । – फरकधार

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार २०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ