बाल दिवसमा जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन
जनकपुरधाम : ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन गरिएको छ ।
‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।
कार्यक्रममा मन्त्री सिंहले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित नभएसम्म समाज र देशले विकास गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवप्रसाद विमलीसहित विभिन्न गैरसरकारी संस्थाका पदाधिकारीको पनि उपस्थिति थियो । – फरकधार