जनकपुर : जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी


जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक शुरू भएको छ ।

जनकपुरधामस्थित न्यू चन्दन होटलमा केन्द्रीय सचिवालय समितिको बैठक शुरू भएको पार्टीका उपमहासचिव ई। ईन्द्रजीत यादवले जानकारी दिए । भोलिसम्म चल्ने बैठकमा संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका प्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीसहित २ सय जनाको सहभागिता छ ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ