१२ सिडिओको सरुवा, तीन जना मन्त्रालय तानिए


काठमाडौं : गृह मन्त्रालयले १५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने तीन जनालाई मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको प्रजिअ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए ।

त्यस्तै रुद्र शर्मालाई भक्तपुर पठाइएको छ । उनी गुल्मीमा थिए । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । कोषहरि निरौलालाई मन्त्रालय तानिएको छ ।

दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै टेकराज निरौलालाई दोलखा, बासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, विरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ