सेनाले पूजारीसहित ४६२ जनाका लागि खुलायो जागिर


काठमाडौं : नेपाली सेनाले २२ जना पूजारीसहित विभिन्न पदका लागि जागिर खुलाएको छ ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ४६२ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ ।

समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ । सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिन्छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ