चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुद्वारा बिरोध प्रदर्शन, इन्टर्नसीपको माग


काठमाडौं : चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले आज पनि नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले विहीबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् ।

 

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक–पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ ।

कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियममा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था स्पष्ट नहुँदा आफूहरुलाई इन्टर्नसीप गर्न रोकिएको बिद्याथीले आरोप लगाएका छन् ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ