शहिदनगर अपडेट : निजी औषधी पसललाई कोरोना खोप बेच्ने अहेब यादव पनि पक्राउ


जनकपुरधाम : धनुषामा कोरोनाविरुद्धको खोप विक्री गरेको घटनामा संलग्न स्वास्थ्यकर्मी पनि पक्राउ परेको छ ।

शहीदनगर नगरपालिका ३ यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी देवशरण यादवलाई प्रहरीले पक्राउ गरेके हो । नगरपालिकाले आज श्रीराम मेडिकलमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा सरकारले पठाएको कोरोनाविरुद्धको खोप निजी औषधी पसलमा फेला परेको थियो । त्यतिबेला मेडिकल सञ्चालक कमलेश मण्डललाई पक्राउ गरिएको थियो ।

मेडिकल सञ्चालक मण्डलले दिएको बयानका आधारमा स्वास्थ्य केन्द्रमा कार्यरत अहेब यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

औषधी पसलमा कोरोनाविरुद्धको भ्याक्सिन ६ थान फेला परेको छ । भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र स्ट्राजेनिका १ थान भ्याक्सिन फेला परेको थियो ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ