जनमत पार्टीले पनि संविधान विरुद्ध ‘कालो दिवस’ मनाउने


टुडेखोज, जनकपुरधाम : जनमत पार्टीले पनि संविधानविरुद्ध कालो दिवस मनाउने निर्णय गरेको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको केन्द्रीय अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विगतका वर्षहरु जस्तै मधेस आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली दिँदै असोज ३ गते कालो दिवस मनाउने विज्ञप्तीमा भनिएको छ ।

बिहीवार नै लोसपा अध्यक्ष महन्थ ठाकुर र नेपा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पनि असोज ३ गते कालो दिवस मनाउने विज्ञप्ती जारी गरेका थिए । तर जसपाले असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस विषयमा कुनै निर्णय हालसम्म नगरेको बुझिएको छ ।

मधेस आन्दोलनलाई बेवास्ता गर्दै संविधान जारी भएकाले मधेसी दलहरु पटक पटक असोज ३ मा कालो दिवस मनाए । तर सरकारमा सहभागी भएको बेला उपेन्द्र यादवको पार्टीले कालो दिवस मनाएको थिएन ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ