जनमत पार्टीका केन्द्रीय पदाधिकारीले जागिर छाड्नुपर्ने


जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ ।

जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बहालबाला कोषाध्यक्षलाई अन्य जिम्मेवारीमा मनोनित गर्न स्थायी समितिलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

२०७८ साल चैतमा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकाले जिल्ला कार्यकारिणी समितिहरुको पदावधि ६ महिना थप गरिने जनमत पार्टीले निर्णय गरेको छ ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार २०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ