लोसपा संसदीय दलको विधान तयार, दलको नेता बन्ने दौडमा को को ?


जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा)बाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको विधान तयार भएको छ ।

महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) , राष्ट्रिय जनता पार्टी (राजपा)मा संसदीय दलको बिधान थिएन् । नेताको मौखिक भरमा चल्ने परिपाटीलाई तोड्दै लोसपामा दलको बिधान व्यापक दवावपछि बनाइएको छ । प्रदेशमा दल रोज्न सनाखतको बखत सभासदहरुले दलको बिधान निर्माणगरि लोकतान्त्रिक बिधि अनुसार नेता चयन गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि १६ जना सभासदले लोसपाको पक्षमा सनाखत गरेका थिए ।

पूर्व राजपा प्रदेश संसदीय दलको नेतामा तत्कालिन संयोजक महन्थ ठाकुरले एउटा होटेलमा जितेन्द्र सोनलको नाम घोषणा गरेका थिए । त्यसको ब्यापक बिरोध भएपछि लोकतान्त्रिक बिधि अपनाइने आश्वासन दिएपनि त्यो हुन सकेन् । लोसपा संसदीय दलको बिधान तयार भइसकेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘दलको बिधान तयार भइसकेको छ’ उनले भने, तर त्यसको अनुमोदन असोज ४ गतेपछि मात्र हुनेछ ।

लोसपाको संसदीय दलका लागि सोनल, उपेन्द्र महतो र बाबुलाल साह कानुले दावी गरेका छन् । दलको नेता चयनका लागि लोकतान्त्रिक बिधि अनुसार दुई जना मात्र उम्मेदवार भए एकजनाले ९ सभासदको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । तर तीन जना नै उम्मेदवार त्यो भन्दापनि कम सभासदको समर्थनमा नेता चयन हुनेछ ।

जसपाबाट ठाकुर अलग्गिदा पूर्व राजपाका ९ जना सभासद उनको नेतृत्वमाथि विश्वास गरेनन् । दलको बिधान तयार भएसँगै लालबाबु साहले दलको नेताका लागि दौडधुप बढाएका छन् ।शीर्ष नेताहरुलाई भेंटन उनी काठमाण्डु पुगेका छन् । दल सनाखतको क्रममा नेता बनाउने आश्वासन ठाकुरले दिएको उनको दावी छ । साह कार्यकारिण्ी समिति सदस्यको सनाखतमापनि ठाकुरको पक्षमा थिए ।

तर ठाकुरले सोनललाई रुचाएका छन् । हुनत वरिष्ठ नेता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोपनि दलका नेताको बलिया उम्मेदवार हुन् । पूर्व राजपा दलको नेतामा रहेका सोनललाई महतोले चर्को बिरोधगर्दै लोकतान्त्रिक बिधिबाट नेता चयन गर्ने माग गरेका थिए ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ