जनकपुरधाम : प्रहरीले घुस खाएर पीडकलाई उन्मुक्ती दिएको भन्दै धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुल्सियाहीका स्थानीयवासीहरुले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरेको छ ।
बिहीबार जिप्रका धनुषाको मुख्यद्वार अगाडि प्रहरी विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । मुस्लिम समुदाय बीच नमाज पढाउने विषयमा विवाद भएको र सो विवादका दोषी भनिएकासंग प्रहरीले लेनदेन गरेर उन्मुक्ती दिएको पीडित पक्षको आरोप छ ।
प्रहरी उपरीक्षक प्रकाश रानाभाटले मुद्दालाई दबाउने प्रयास गरेको भन्दै दर्जनौका संख्यामा रहेका तुल्सियाहीका स्थानीयवासीले जिप्रका अगाडि प्रदर्शन गरेका हुन् । स्थानीय मुमताज राइनले आफनो समुदाय भित्र भएको झगडामा प्रहरीले दोषीलाई कारवाही नगरिकन उल्टै पीडितमाथि मुद्दा दर्ता गरेर झनै पिडित बनाएको आरोप लगाईन ।
‘न्याय पाउन हामीले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको छ,’ राईनले भने । करिब २० दिन पुर्व गाउँको मस्जिदमा नियमित मौलानाको अनुपस्थितिमा मुमताजका बुवा पोषण राईनले नमाज पढाउन जाँदा सोही विषयलाई लिएर विवाद भएको थियो ।