आज मोदीको जन्मदिन, २ करोड कोरोना खोप लगाएर विश्व रेकर्डको तयारी


दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिनको अवसरमा आज भारतमा २ करोड डोज कोरोनाविरुद्धको खोप लगाएर विश्व कीर्तिमान राखिने भएको छ ।

भारतीय जनता पार्टीले आफ्ना कार्यकर्तालाई खोप लगाउने उक्त लक्ष्यमा सघाउन निर्देशन दिएको छ । भारतीय राजनीतिमा मोदीको २० वर्षलाई सेलिव्रेट गर्न बीजेपी जनतामाझ पुग्न २० दिने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

मोदीको जन्मदिनको अवसरमा आज भारतभर कार्यक्रमहरुको आयोजना गरिएको छ भने गंगा नदीमा ७१ हजार माछा छाडिने कार्यक्रम छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मान्दभियाले २ करोड डोज खोप लगाएर प्रधानमन्त्रीलाई जन्मदिनको उपहार दिने तयारी भएको बताए ।

प्रधानमन्त्री भएयता बीजेपीले मोदीको जन्मदिनलाई सेवा दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ