धनुषामा मोटरसाइकल दुर्घटना : सिरहाका एक जनाको मृत्यू, एक घाईते


जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत ढल्केवरस्थित पूर्व चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहाका ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ का ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ