शहिदनगरमा जनमत पार्टीको नगर कार्यालय खुल्यो


जनकपुरधाम : जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिकामा नगर कार्यालय खोलेको छ ।

शहिदनगर नगरपालिका ३ मा पर्ने यदुकोहा चोकमा शुक्रवार पूजाआजा गरी जनमत पार्टीले नगर कार्यालय खोलेको हो । कार्यालयको उद्घाटन जनमत पार्टीका नेता मदनकुमार यादवले गरेका छन् ।

अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ