जनकपुरधाम : जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिकामा नगर कार्यालय खोलेको छ ।
शहिदनगर नगरपालिका ३ मा पर्ने यदुकोहा चोकमा शुक्रवार पूजाआजा गरी जनमत पार्टीले नगर कार्यालय खोलेको हो । कार्यालयको उद्घाटन जनमत पार्टीका नेता मदनकुमार यादवले गरेका छन् ।
अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।