नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य


काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ओभरमा अलआउट हुँदै १७४ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए ।

ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए ।

एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो । ५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ