जनकपुरधाम आउँदै प्रचण्ड


जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुरधाम आउने भएका छन् ।

पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जनकपुरधाम आउन लागेका हुन् । करिब १० बजे उनी जनकपुरधाम विमानस्थलमा आइपुग्ने बताइएको छ ।

प्रशिक्षण कार्यक्रम मारबाडी सेवा सदनमा राखिएको छ । उक्त कार्यक्रममा करिब साढे ११ बजे अध्यक्ष प्रचण्ड सहभागी हुने एक नेताले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट नेताहरु जनकपुरधाम आइरहेका छन् ।

प्रकाशित : २०७८ आश्विन २, शनिबार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ