मलेसिया कमाउन गएका ६ जनाको शव र १५ जनाको अस्तु आएपछि…


काठमाडौं : मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया रहँदा बिभिन्न कारणले मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो ।

६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।

रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज छैन ।

विदेशमा मृत्यु भएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शव पुर्‍याइदिने गरेको छ ।

प्रकाशित : २०७८ आश्विन २, शनिबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ