संविधान दिवस : प्रदेश २ का मंत्री यादवद्वारा सरसफाई


जनकपुरधाम : संविधान दिबसको अबसरमा आज नेपाली कांग्रेस नगर कार्य समितिले सरसफाई कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसले संविधान दिवसको अवसर पारेर आज विहान जनकपुरधामको ऐतिहासिक नोचा पोखरी सरसफाई गरेको हो । कांग्रेसका कार्यकर्तासंगै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि झाडु लिएर पोखरी क्षेत्रको सरसफाई गरे ।

सातौं संविधान दिवसको अवसरमा मन्त्री यादवले प्रदेश तथा देशवासीमा शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ आश्विन ३, आईतवार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ