भोलिदेखि दशैं तिहारका लागि ३५ अर्ब नयाँ नोट आउँदै


काठमाडौं : भोलि (असोज ४) गतेदेखि दशैं-तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउने छन् ।

यो वर्षको दशैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।

प्रकाशित : २०७८ आश्विन ३, आईतवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ