महोत्तरीमा आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु


महोत्तरी : आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एक जना युवा कुटिएको निहुँमा आइतबार दुई पक्षबीच झडप भएको हो ।

झडपमा ५० वर्षीय राम प्रसाद यादवको मृत्यु भएको छ। कुटीएका युवाको अभिभावक र गाउँका अन्य ब्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो । झडपमा थप दुई जना घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न थप दुइ जनालाइ नियन्त्रणमा लिएको छ । सोनमा गाउपालिका ७ सुन्दरपुर मैन टोलमा शनिबार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका २ तरहारी निवासी सरोज यादवलाई कुटपिट गरि उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए ।

सोहि सामग्री लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनि सोध्न गएका सरोजका भाइ मुकेश यादव सहितको दर्जनौको समूह माथि स्थानीय बिलटू सदा सहितका ब्यक्तिहरूले कुटपिट गरेका थिए ।

छोरासँगै पुगेका सरोज र मनोजका बुवा ५० वर्षीय राम प्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए । उनको उपचार कै क्रममा गौशाला स्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।
– नयाँ पत्रिकाबाट

प्रकाशित : २०७८ आश्विन ३, आईतवार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ