टिएमएनसीले काठमाडौंमै जलाए संविधान


काठमाडौं : तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी)ले प्रहरीको कडा सुरक्षाका बाबजुद काठमाडौंमै संविधान जलाएको छ ।

विभेदकारी, नश्लिय, अधुरो र अपूर्ण संविधान जलाएर टिएमएनसीले ‘असोज ३, कोलो दिन’ मनाएको हो ।माईतीघर मण्डलाबाट जुलुस मार्च-पास्ट गर्दै टिएमएनसीमा आबद्ध मधेसीहरु संसद भवनतर्फ जान खोज्दा बानेश्वरमा प्रहरीले रोकेपछि त्यही कोणसभा गरेको थियो ।

कार्यक्रमको अन्त्यमा नश्लिय संविधान जलाएको टिएमएनसीले जनाएको छ । पूनर्लेखन गरी संविधान सर्वस्वीकार्य बनाउनुपर्ने टिएमएनसीको माग छ ।

प्रकाशित : २०७८ आश्विन ३, आईतवार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ