पूर्वयुवराज्ञी हिमानी जनकपुरमा, ‘राजा आऊ, देश बचाऊ’को नारा


जनकपुरधाम : पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।

जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर उनको स्वागत गरेको थियो ।

हिमानी ट्रष्टले भोलि सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन् ।ट्रष्टले सोमबार जनकपुरधामको सकल भवन कन्या मावि स्कुलमा खानेपानीका सामाग्री (वाटर फिल्टर) वितरण गर्दै छ ।

यसअघि उनलाई जनकपुर विमानस्थलमा समेत भव्य स्वगत गरिएको थियो । जनकपुरमा हिमानीको स्वागत गर्नुअघि राष्ट्रवादी नागरिक समाज धनुषाले ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दू राज्य कायम गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर जनकपुर परिक्रमा गरेका थिए । उनी भोलि नै काठमाडौं फर्किने छिन् ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार ०६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ