एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा


काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी आचार्यले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । एनआरएनएको महाधिवेशन असोज २८ देखि ३० गते काठमाडौंमा हुँदैछ ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा जन्मिएका आचार्य हाल बेलायतमा व्यवसाय गर्दै आएका छन् । यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् ।

सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आबद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

सङ्घको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ