Breaking- धनुषामा पोखरीमा भेटियो आमा- छोराको शव


टुडेखोज, जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका २ धरमपुरको सार्वजनिक पोखरीमा आमा र छोराको शव फेला परेको छ ।

स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षीय कुशकुमारको शव पोखरीमा फेला परेको हो । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर आमा–छोराको शव पोखरीबाट निकालेको छ । शव पोष्टमार्टमका लागि जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमान घरमा नभएको बेला ति महिला र उनका छोराको शव पोखरीमा फेला परेपछि घटना रहस्यमीय बनेको छ । अहिले घटनाको रहस्य बाहिर आउन सकेका छैन ।

प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ