एमाले नारावाजीकै बीच बजेट पारित


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठक सूरु भएदेखि नै नाराबाजी गरेका थिए ।

नेपालको इतिहासमै सरकार पहिलो पटक बजेटविहीन अवस्थामा रहेको छ । बजेट पारित नहुदा भदौ ३१ गतेदेखि सरकारको खर्च रोकिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारीको तलवका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको छ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा जाने छ ।

राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार १४:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ