दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव


काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताउनुभयो ।

हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रिपरिषद्क विस्तार हुन्छ, सरकारले पूर्णता पाउँछ ।’

प्रकाशित : २०७८ आश्विन ४, सोमबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ