सप्तरीमा घरेलुका कर्मचारी साह घुस रकमसहित पक्राउ


राजविराज : घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र सप्तरी प्रहरीको संयुक्त टोलीले सोमबार घरेलुका कर्मचारी विरेन्द्र साहलाई पक्राउ गरेको हो ।

सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाका अनुसार साहलाई सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा पक्राउ गरेको हो । पक्राउ परेका साह नायब सुब्बा हुन् ।

आवश्यक अनुसन्धानको लागि कर्मचारी साहलाई अख्तियारको कार्यालय इटहारी लगिएको छ ।

प्रकाशित : २०७८ आश्विन ५, मंगलवार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ