परराष्ट्रमन्त्रीमा नियुक्त डा. खड्का शपथ लगत्तै न्यूयोर्क जाने


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले नियुक्तीको पत्र केहीबेरमा सार्वजनिक गर्नेछ ।

लगत्तै शपथ ग्रहणको कार्यक्रम हुनेछ । त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् । नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने छिन् ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन आजै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ