जनकपुरमा तस्करीका समानसहित दुई जना पक्राउ


जनकपुरधाम : भारतबाट भन्सार छलेर अर्थात तस्करी गरेर ल्याएको लाखौं मुल्य बराबरको मालसामानसहित धनुषा प्रहरीले दुई जनालाई बुधवार पक्राउ गरेको छ ।

ज १ त ११११ नम्बर पिकअप भ्यानमा भारत बिहारबाट अवैध रुपमा जनकपुर ल्याउदै गरेको कपडा, सारी लगायतका सामानसहित बलेकिया जकपुरधाम उपमहानगरपालिका १० का मुकेश साह र र पिकअप चालक झापाको दमक नगरपालिका ४ का ओम बहादुर दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरको माछा बजारबाट उनीहरुलाई मालसमानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाएका छन् भने पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

नाका खुलेपछि तस्करी बढ्ने अनुमान छ । दशैं तिहार लगायतका चाडपर्व पनि नजिएको छ । यस्तो अवस्थामा तस्करी बढी हुने गर्छ । तस्करी नियन्त्रण गर्नुको साटो अधिकांश सिमा क्षेत्रका प्रहरी महिनावारी असुल्ने गरेको स्रोतको दावी छ ।

प्रकाशित : २०७८ आश्विन ७, बिहीबार ०७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ