सिरहा : आमालाई बचाउने क्रममा करेन्ट लागेर छोराको मृत्यू, आमा अस्पतालमा


टुडेखोज, सिरहा : सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार बुधवार करेन्ट लागेर झाको मृत्यू भएको हो । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा छोरा झाको करेन्ट लागेर मृत्यू भयो ।

करेन्ट लागेर झाकी आमा भने गम्भीर बनेकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यू भएपछि स्थानीय शोकमा डुबेका छन् ।

पछिल्लो समय मधेसका जिल्लामा करेन्ट लागेर मृत्यू हुनेको संख्या बढ्न थालेको छ । सम्बन्धित निकायले करेन्टबाट जोगिन आवश्यक सचेतनामुलक कार्यक्रम गर्न जरुरी भएको बुद्धिजिविहरु बताउँछन् ।

प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ