नेकपा एसको महासचिवमा बेदुराम, अन्य पदमा को-को ? हेर्नुस् सूची


काठमाडौं : नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरि पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् । नेपाल प्रेस

प्रकाशित : २०७८ आश्विन ७, बिहीबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ